माथिल्लो तामाकोशीको बाँधस्थलमा पाँच जना सम्पर्कविहीन, उद्धारको लागि सेनालाई आग्रह

 असोज १२, २०८१ शनिबार १७:१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लामाबगरमा रहेका बाँधस्थलमा काम गर्ने पाँच जनाको अवस्था थाहा हुन नसकेको आयोजनाले जनाएको छ । आयोजनाको उत्पादनगृह गोंगरबाट बाँधस्थल लामाबगरसम्म जाने बाटो बाढी र पहिरोले ध्वस्त बनाएकोले उनीहरुको अवस्था थाहा हुन नसकेको तामाकोशी आयोजनाले जनाएको छ ।

आयोजनाले नेपाली सेनालाई पत्राचार गरेर सम्पर्कविहीन भएका पाँच जनाको हेलिकप्टरबाट खोजी र उद्धार गरिदिन आग्रह गरेको छ । हेलिकप्टरको भाडा माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले नै बेहोर्ने पत्रमा उल्लेख छ । बाढी र पहिलोले तामाकोशी आयोजनामा ठूलो क्षति पुर्‍याएको छ । 
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया