काठमाण्डौसहित केही क्षेत्रको मौसम खुल्यो, राति फेरि पानी पर्ने

 असोज १२, २०८१ शनिबार १७:२७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

अस्ति बेलुकादेखिको झरी अहिले केही ठाउँमा रोकिएको छ । अहिले काठमाण्डौ उपत्यकासहित आसपासका ठाउँमा पानी रोकिएर मौसम खुलेको छ । तर भारतमा विकसित भएको प्रणालीले राति फेरि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले उज्यालोलाई जानकारी दिनुभयो ।

यो प्रणालीले कोशी, मधेस र बाग्मती प्रदेशको पूर्वी भागमा धेरै असर गर्ने उहाँको भनाइ छ । कर्णाली र सुदूरपश्चिममा भने वर्षाको सम्भावना कम छ । अहिले मौसम खुलेपनि राति फेरि मध्यम खालको पानी पर्ने महाशाखाको भनाइ छ । भोलि दिउँसोदेखि भने देशैभरको मौसममा सुधार आउने महाशाखाको अनुमान छ ।  
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया