काठमाण्डौ उपत्यकामा रेकर्ड राख्न थालेपछिकै ठूलो वर्षा

 असोज १२, २०८१ शनिबार १८:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका ७७ वटा मापन केन्द्रमा अति ठूलो वर्षा भएको छ । धेरैजसो मापन केन्द्रमा २ सय मिलिमिटर भन्दा धेरै वर्षा भएको छ । काठमाण्डौ उपत्यकामा अभिलेख राख्न थालेको वर्ष सन् १९७० पछिकै ठूलो वर्षा भएको छ ।

हिजो बिहान पौने ९ बजेदेखि आज बिहानसम्मको २४ घण्टामा काठमाण्डौ उपत्यकामा २ सय ३९ दशमलव ७ मिलिमिटर वर्षा मापन भएको छ । यो काठमाण्डौमा वर्षा मापनको अभिलेख राख्न थालेयताकै धेरै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पछिल्लो १२ घण्टामा  चितवनको त्रिशूली कालीखोलामा २ सय ५० दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यस्तै तनहुँको बिमलनगरमा २ सय १० मिलिमिटर, सुनसरीको पुरानो चतरामा २ सय ४ मिलिमिटर, नवलपरासीको डण्डामा २ सय ११ मिलिमिटर, पाल्पाको अचर्लेमा २ सय ३८ मिलिमिटर, मकवानपुरको चिसापानी गढीमा २ सय मिलिमिटर र दामनमा २ सय २९ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ ।
   

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया