मुसलधारे वर्षाका कारण धानबालीमा क्षति

 असोज १२, २०८१ शनिबार १८:३५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनसुन सकिने बेलामा भएको मुसलधारे वर्षाका कारण धानबालीमा क्षति पुगेको छ । वर्षाका कारण धानबालीमा कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको भए पनि धानबालीमा क्षतिभने पुगेको कृषि विभागका प्रवक्ता डा.अरुण काफ्लेले बताउनुभयो ।

छिटो रोपाइँ सकिएका तराईका कतिपय ठाउँमा धान काट्ने बेला शुरू भएको छ । झरी पर्दा पाकिसकेको धान झर्न सक्छ । केही धानबालीमा बाढी पसेको छ । बाढी पसेको ठाउँमा धान पुर्ने तथा ढाल्ने जोखिम हुन्छ । मध्यपहाडका कैयौँ ठाउँमा अहिले धानका बोटमा फूल लाग्ने बेला भएको छ ।

फूल लाग्ने बेला पानी पर्दा बोटबाट फूल झारिदिन्छ । जसले गर्दा धानमा फल लाग्न पाउँदैन । यसपटक समयमै पर्याप्त पानी परेकोले धान उत्पादन बढ्ने अनुमान् गरेकोमा मनसुन बाहिरिने बेला भएको झरीले क्षति पुगेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया