नागढुङ्गा–नौबिसे सडक खुलाएर रोकिएका गाडी पठाउन थालियो, नियमित गाडी सञ्चालन हुन भने समय लाग्ने

 असोज १४, २०८१ सोमबार ६:१८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – नागढुङ्गा–नौबिसे सडकखण्डमा पर्ने झ्याप्ले खोलामा खसेको पहिरो ४८ घण्टापछि हटाइएको छ । पहिरो हटेपछि सडक एकतर्फी खुलेको र त्यहाँ रोकिएका गाडीलाई पालैसँग काठमाण्डौतर्फ पठाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार पहिरोका कारण सडकमै रोकिएका गाडीको लामो लाइन भएकाले पहिले ती गाडीलाई गन्तव्यतर्फ पठाएपछि मात्रै अरू गाडी नियमित रूपमा सञ्चालनमा आउनेछ । काठमाण्डौबाट छुट्ने र काठमाण्डौतर्फ गुड्ने अरू गाडी अहिले चल्न नपाउने ट्राफिक प्रहरीले जनाएको छ । पहिरो हटाए पनि लेदो माटोका कारण गाडी सञ्चालन हुन कठिनाइ भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयबासिन्दा, यात्रु लगायतको पहलमा अवरुद्ध सडक खुलाइएको हो । अस्ति शनिवार त्यहाँ तीनवटा गाडी पहिरोमा पुरिएका थिए । ती गाडीबाट ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया