काठमाण्डौबाट पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

 असोज १४, २०८१ सोमबार १४:३३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैबाट पोखराका लागि छुटेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

नागढुङ्गाबाट प्रहरीले बाहिर जान अनुमति नदिएका कारण ग १ ख ४५३५ नम्बरको माइक्रोबस टोखा–छहरे, त्रिशुली हुँदै गल्छी निस्केर पाेखरा जान लागेको थियो । नुवाकोटको शिवपुरी गाउँपालिका–७ चापाबोटको सडकबाट माइक्रोबस खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरेर उपचारका लागि काठमाण्डाैकाे ग्रीनसिटी अस्पतालमा ल्याइएको छ ।

तस्वीर : नुवाकाेट प्रहरी कार्यालय

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया