नागढुङ्गा हुँदै गाडी बाहिरिन थाले, एकतर्फी सडकका कारण जाम हुने सम्भावना

 असोज १४, २०८१ सोमबार १६:२७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – नागढुङ्गा हुँदै काठमाण्डौबाट गाडी बाहिरिन थालेका छन् । यसअघि गाडीलाई काठमाण्डौ भित्रिन मात्रै अनुमति दिएकोमा आज दिउँसो पौने ४ बजेदेखि गाडीलाई बाहिरिन पनि दिइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उज्यालोलाई जानकारी दिएको छ ।

झ्याप्ले खोलाको पहिरो पन्छाएर गएरातिदेखि नै एकतर्फी गाडी चलिरहेका थिए । काठमाण्डौ आउनका लागि चार दिनदेखि पालो कुरेका झन्डै १८ सय वटा गाडीलाई काठमाण्डौ भित्रिन दिएपछि बल्ल अहिले काठमाण्डौबाट बाहिरिने गाडीका लागि सडक खुलाइएको प्रहरीले जनाएको छ ।

तर नागढुङ्गा–नौबिसे हुँदै मुग्लिनसम्म नै विभिन्न ठाउँमा ठूला पहिरो झरेकाले ठाउँठाउँमा सडक एकतर्फी मात्रै खुलेको छ । काठमाण्डौबाट एकैपटक धेरै गाडी छुटेमा एकतर्फी सडक भएका ठाउँमा ठूलो जाम पर्न सक्ने जोखिम छ ।

अझै पनि अत्यावश्यक कामबाहेक यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया