पहिरो र हिलो छिचोल्दै कष्टकर पैदल यात्रा

 असोज १४, २०८१ सोमबार १८:१५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – काठमाण्डौ भित्रिने नाका आसपासमा पहिरोले सडक भत्किएपछि यात्रुहरू पहिरो र हिलो छिचोल्दै कष्टकर पैदल यात्रा गरिरहेका छन् । शुक्रवार रातिदेखि रोकिएका कतिपय यात्रुहरू अझै गन्तव्यमा पुगेका छैनन् । सरकारले उद्धार गर्ला भनेर झन्डै दुई दिन कुरेकाहरू हिजो बेलुकादेखि नै हिँड्न थालेका हुन् ।

आज बीपी राजमार्गमा धेरै यात्रुहरू गोडामा घाउसहित हिँडिरहेका थिए । आकाशमा सेनाको हेलिकप्टर घुमिरहेको भए पनि चर्को आवाजबाट बच्न कान थुन्दै हिँड्नुपरेको उनीहरूको गुनासो छ । आकाशमा घुमिरहने हेलिकप्टरले केही यात्रुहरूको उद्धार गरेको भए पनि धेरै यात्रुहरू झोला बोकेर हिँडेरै गन्तव्यतर्फ गएका छन् ।

पहिरो पार गरेपछि कुनै बस पाइएला भन्ने आशामा सडक नै सडक हिँडिरहेकाहरूलाई पहिरो छिचोल्न निकै सकस परेको छ । सडक हिँडिरहेकाहरूमा साना बालबालिकादेखि वृद्धवृद्धासमेत छन् ।

सङ्घीय राजधानी काठमाण्डौ नजिकै समस्यामा परेको भए पनि सरकारले आफूहरूलाई लामो समय अलपत्र पारेको यात्रुहरू गुनासो गर्छन् ।

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया