नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध : खुलाउने प्रयास चल्दै

 असोज १५, २०८१ मंगलबार ६:२७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । बर्दघाट नगरपालिका–४ खुर्सानीखोला दाउन्ने जङ्गलमा सडक भासिएको हो । सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि गाडीलाई रोकिएको छ ।

गाडी र यात्रुलाई प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार सडक झण्डै डेढ फिट भासिएको छ । अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

आज बिहानसम्म सडक मर्मत सम्पन्न गरी नियमित सडक सञ्चालन गर्ने प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।    
 

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया