क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड रूपैयाँ लाग्ने

 असोज १५, २०८१ मंगलबार ७:१०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड रूपैयाँ लाग्ने जानकारी दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका प्रेस संयोजक गोपाल झापालीले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चाल गर्न सडक तथा पुल सुधार र मर्मत गर्न साढे दुई अर्ब रकम लाग्ने जानकारी दिनुभएको हो ।

मन्त्रालयका अनुसार अरनिको राजमार्ग, बिपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग, कालिगण्डकी कोरिडोरलगायतमा मुख्य समस्या छ । क्षति भएका पुलको सङ्ख्या पाँच रहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार र फोक्सिङटार र अरनिको राजमार्गको लिपिङ पुल र इलाम माइपोखरी सडकको राते खोला पुल रहेको छन् । लार्चा र हेवा खोलाको दुई बेलिब्रिजमा पनि क्षति पुगेको जनाइएको छ ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया