मुख्य नाका नागढुङ्गामा गाडीको चाप : थानकोट, कलङ्की, बालाजुसम्म नै जाम

 असोज १५, २०८१ मंगलबार ७:५६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धादिङको झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेपछि चार दिनदेखि अलपत्र परेका गाडी काठमाण्डौ भित्रिन र केही गाडी नागढुङ्गा हुँदै बाहिरिन थालेसँगै सडकमा गाडीको चाप बढेको छ ।

सडक मर्मत भएसँगै दुईतर्फी नै सडक खुलाएर हिजो रात्रि बस सञ्चालनका लागि अनुमति दिइएको थियो । तर नागढुङ्गा–नौबिसे हुँदै मुग्लिनसम्म नै विभिन्न ठाउँमा ठूला पहिरोले ठाउँठाउँमा सडक एकतर्फी छ ।

काठमाण्डौबाट एकैपटक धेरै गाडी छुटेकाले ठूलो जाम परेको र यसको असर काठमाण्डौ उपत्यकाको सडकमा समेत जामको समस्या रहेको ट्राफिक प्रहरीले जनाएको छ । गाडीको लामो लाइन छ । काठमाण्डौको थानकोट, कलङ्की, बालाजु, पानीपोखरीलगायतका ठाउँमा गाडीको चाप छ ।

मुख्य पर्व दशैँ नजिकिँदै गर्दा राजमार्गमा गाडीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । सडक बिग्रिएकोले पनि यात्रा गर्न निकै जोखिम भएकोले थप समस्या आउन नदिन अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन ट्राफिक प्रहरीले आग्रह गरेको छ । विकल्प भएसम्म वैकल्पिक सडकको प्रयोग गर्न पनि यात्रु र गाडी चालकलाई प्रहरीको अनुरोध छ ।
 

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया