मुग्लिन–काठमाण्डौ सडक खण्ड झण्डै पाँच घण्टापछि एकतर्फी खुल्यो

 असोज १५, २०८१ मंगलबार ८:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन–काठमाण्डौ सडकखण्ड झण्डै पाँच घण्टापछि एकतर्फी खुलेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत मलेखु नजिकै गजुरी गाउँपालिका–२ परेवा भिरमा खसेको पहिरोका कारण हिजो बेलुका सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा काठमाण्डौ उपत्यकाबाट बाहिरिएका र भित्रिने गाडीमा यात्रा गर्ने हजारौँ यात्रु सडकमा रोकिएका थिए ।

इलाका प्रहरी कार्यालय गजुरीसहितको टोलीले डोजरको सहयोगमा राति पनि काम गरेर पाँच घण्टापछि सडक एकतर्फी खुलाएको प्रहरीले जनाएको छ  । तर सडक निकै जोखिमपूर्ण रहेकाले यात्रा गर्दा सावधानी अपनाउन र रातको समयमा विशेष सजग रहन यात्रु र गाडी चालकलाई ट्राफिक प्रहरीको आग्रह छ । सडक दुईतर्फी नै खुलाउने गरी मर्मतको काम भइरहेको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया