देशभरका धेरै ठाउँमा आज बिहानैदेखि घाम लाग्यो : चार वटा प्रदेशमा भोलिदेखि पानी पर्ने सम्भावना

 असोज १५, २०८१ मंगलबार ८:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभरका धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ । तर मनसुनी वायुको प्रभाव कायमै रहेकाले कोशी, मधेश र बाग्मती प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली नै छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी प्रदेशका केही ठाउँ, बाग्मती र गण्डकी प्रदेशका पहाडी थोरै ठाउँ र बाँकी प्रदेशका पहाडी एक÷दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलिदेखि चार वटा प्रदेश कोशी, मधेश, बाग्मती र गण्डकीमा पानी पर्ने अनुमान छ । भोलिदेखि शनिवारसम्म नै कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो अवधिमा वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । गएको बिहीवारदेखि भएको घनघोर वर्षाका कारण जनधनको क्षति भएको छ ।

साधारणतया भोलिदेखि मनसुन बाहिरीने अवधि भए पनि केही दिन अझै लम्बिने सम्भावना छ । मुख्य पर्व दशैँसम्म नै पानी पर्ने सम्भावना रहेकाले सकेसम्म यात्रा नगर्न र गर्नेपर्ने अवस्थामा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
 

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया