गुल्मीमा घर पोत्नेक्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

 असोज १५, २०८१ मंगलबार ८:५१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – गुल्मीको मालिका गाउँपालिका –२ दर्लिङ्की  २७ बर्षीया माया रोकामगरको करेन्ट लागेर ज्यान गएको छ । हिजो बेलुका घर पोत्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक शंकर पोख्रेलले जानकारी दिनु भएको छ ।

हिजो घर पोत्ने क्रममा घाईते हुनुभएकी रोका मगरको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको हो । घर पोत्ने क्रममा अचानक मुसाले काटेको विद्युतको तारबाट करेन्ट प्रवाह भई घाईते हुनुभएकी मगरलाई उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । उहाँको गए राति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया