इन्धनको मूल्य घट्यो : भारतबाट बढेर आए पनि खाना पकाउने ग्यासको भाउ भने यथावत्

 असोज १५, २०८१ मंगलबार ९:२०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार निगमले नयाँ भाउ तोकेको हो ।

गएराति एक बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल/मट्टीतेलमा समान दुई रुपैयाँ, हवाई इन्धन आन्तरिकमा ६ रुपैयाँ तथा बाह्यमा प्रति हजार लिटरमा ४५ रुपैयाँले घटाएको जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आए पनि मुख्य चाडपर्वलाई लक्षित गरी तत्कालका लागि यथावत् राखिएको निगमले जनाएको छ । साथै आयल निगमले पर्वका बेला इन्धनको आपूर्तिमा कुनै समस्या नहुने दाबी गरेको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ५५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ ।

त्यस्तै डिजेल र मट्टीतेल एक सय ४४ रूपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ५७ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल एक सय ४६ रूपैयाँ पर्नेछ  ।

तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ५८ रूपैयाँ प्रतिलिटर पर्नेछ भने त्यस्तै डिजेल र मट्टीतेल एक सय ४७ रूपैयाँ पर्नेछ ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया