ललितपुरमा वर्षाजन्य विपद्मा परी ज्यान गुमाएका थप ६ जनाको शव फेला

 असोज १५, २०८१ मंगलबार १२:७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरमा वर्षाजन्य विपद्मा परी ज्यान गुमाएका थप ६ जनाको शव फेला परेको छ । विपद्पछिको खोज तथा उद्धारका क्रममा हिजो ३४ जनाको र आज बिहानसम्म ६ जना गरी अहिलेसम्म ललितपुरमा ४० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

फेला परेका शवमध्ये १७ जनाको शव पोस्टमार्टम भई आफन्तले बुझेर लगेका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो । प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार वर्षाजन्य विपद्मा परेर अझै १० जना बेपत्ता रहेका छन् ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया