दाउन्नेमा आज रातभर सडक बन्द हुने

 असोज १५, २०८१ मंगलबार १३:४८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा आज रातभर सडक बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले सूचना निकालेर आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म सडक बन्द हुने जनाएको हो । हिजो सोमवार दाउन्नेको खुर्सानी खोलामा सडक भासिएको र बिजुलीको प्रसारण लाइन ढलेको थियो । भासिएको सडक मर्मतका लागि रातभर सडक बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।

भासिएको सडक मर्मत गरेर आज बिहानदेखि गाडी चलाउन थाले पनि सडकमा थप मर्मतको काम गर्नुपर्ने भएकाले सडक नै बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया