जापानको प्रधानमन्त्रीमा शिगेरु इशिबा निर्वाचित, आजै राजाले नियुक्त गरेपछि मन्त्रिपरिषद् विस्तारको तयारी

 असोज १५, २०८१ मंगलबार १५:१०:५८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । उहाँ आज प्रतिनिधिसभामा भएको मतदानबाट निर्वाचित हुनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएको हप्ता लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षमा निर्वाचित भएका इशिबालाई सत्तारूढ गठबन्धनसहित अरू केही दलले मत दिएका खबरमा उल्लेख छ । अब उहाँलाई शाही दरबारमा हुने एक भव्य समारोहमा सम्राट नारुहितोले औपचारिक रूपमा नियुक्त गर्नुहुनेछ । त्यसपछि इशिबाले मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ ।

जापानको संसद्काे तल्लो र माथिल्लो दुवै सदनमा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको बहुमत रहेको छ ।

प्रधानमन्त्री इशिबाले जापानको घट्दो जनसङ्ख्या र कमजोर बन्दै गइरहेको अर्थव्यवस्थासहित धेरै चुनौतीको सामना गर्नुपर्ने खबरमा उल्लेख छ । यस्तै राष्ट्रिय सुरक्षा मोर्चामा चीन, उत्तर कोरिया र रुसबाट बढ्दो खतरा र अर्को महिना अमेरिकामा निर्वाचित हुने नयाँ राष्ट्रपतिसँग सम्झौता गर्ने विषयलाई पनि उहाँको चुनौतीका रूपमा हेरिएको छ ।

इशिबाले यसै महिना तल्लो सदन भङ्ग गर्ने र प्रारम्भिक चुनावको आह्वान गर्ने योजना पनि बनाउनुभएको छ । प्रधानमन्त्री हुनुअघि नै संसद् भङ्ग गर्ने र चुनाव गर्ने योजना सुनाएको भन्दै विपक्षीले उहाँको चर्को आलोचना गरेका छन् ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया