लेबनानी भूमिमा इजरायली सेनाको प्रवेश, स्थल र हवाई दुवै आक्रमणमा तीव्रता

 असोज १५, २०८१ मंगलबार १८:२८:३९ | एजेन्सी
unn.prixa.net

तस्वीर : सिन्ह्वा

इजरायली सेनाले लेबनानी भूमिमै प्रवेश गरेर आक्रमण शुरू गरेको छ । यसअघि हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

दक्षिणी लेबनानमा हिजबुल्लाहको बाहुल्यता रहेको पूर्वाधारलाई ध्वस्त पार्न सीमावर्ती गाउँहरूमा गएरातिदेखि नै भूमिगत 'अपरेशन' शुरू गरेको आईडीएफले जनाएको छ । तर हिजबुल्लाहले भने इजरायली सेना आफ्नो भूमिमा नआएका र आउने प्रयास गरेमा प्रत्यक्ष युद्धका लागि तयार रहेको बताएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

आईडीएफले तालिमप्राप्त सैनिकहरूलाई आक्रमणका लागि स्थलमार्गबाट लेबनानी भूमिका खटाएको जनाएको छ । स्थल सेनालाई इजरायली वायुसेनाले सहयोग गरिरहेको छ । इजरायलले गरिरहेको हवाई आक्रमणमा पछिल्लो एक हप्तामै एक हजार जनाभन्दा धेरै नागरिक मारिएका र दश लाख जनाभन्दा धेरै मानिस विस्थापित भएका लेबनानी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हिजबुल्लाहका सहायक प्रमुख शेख नाइम कसिमले इजरायलले अहिलेसम्म गरेका आक्रमणहरू निकै कम भएको भन्दै युद्ध धेरै लामो हुन सक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

समाचार संस्था एपीका अनुसार सन् २००६ पछि इजरायली सेना लेबनानमा प्रवेश गरेको यो पहिलो पटक हो । सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच ३३ दिनसम्म युद्ध भएको थियो ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया