दुर्गा प्रसाईंलाई १ लाख रुपैयाँ धराैटीमा छाड्न आदेश

 असोज १५, २०८१ मंगलबार १८:१२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जिल्ला अदालत काठमाण्डाैले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रति मुद्दा ५०/५० हजार रुपैयाँका दरले दुई वटा मुद्दाका लागि एक लाख रुपैयाँ धरौटी मागेको हो ।

प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले गएको ६ गते पक्राउ गरेको थियो । प्रसाईंले युट्युब च्यानलमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध एक जना महिलाको चरित्रहत्या गरेको आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईंविरुद्ध जाहेरी दिएका थिए ।

सरकारी वकिल कार्यालय काठमाण्डाैले प्रसाईंविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दा दायर गरेको थियो ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया