खोला किनारको २० मिटर मापदण्डको फैसलामा सर्वोच्चले पुनरावलोकन...
मंसिर ७, २०८१ शुक्रबार
बाबर आजमले पाकिस्तानी क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानबाट राजीनामाको घोषणा गरेका हुन् ।
बाबरले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको उल्लेख गरेका छन् । यस्तै आफ्नो प्रदर्शनलाई प्राथमिकता दिने उनले बताएका छन् । उनले खेलाडीका रूपमा टोलीमा योगदान दिइरहने पनि उनको भनाइ छ ।
सन् २०२३ को विश्वकपमा पाकिस्तानले कमजोर प्रदर्शन गरेपछि बाबरले नेतृत्व छोडेका थिए । तर पाकिस्तान क्रिकेट बोर्डले उनलाई फेरि कप्तानीका लागि जिम्मेवारी दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।