संयुक्त राष्ट्रसङ्घका महासचिवलाई देश प्रवेशमा रोक लगाउने इजरायलको घोषणा

 असोज १६, २०८१ बुधबार १६:५९:४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

इजरायली विदेशमन्त्री इसराइल काट्जले ट्वीट गरेर गुटरेसलाई देश प्रवेशमा रोक लगाइएको बताउनुभएको बीबीसीले जनाएको छ । इजरायलमाथि इरानको जघन्य आक्रमणको स्पष्ट निन्दा गर्न नसक्ने जो कोहीलाई इजरायली भूमिमा पाइला टेक्ने अधिकार नभएको इजरायलका विदेशमन्त्री काट्जले बताउनुभएको छ ।

गएको वर्षको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा १२ सय जनाभन्दा धेरैको हत्या गरेको घटनामा पनि संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसले हमासलाई आतङ्कवादी सङ्गठन घोषणा गर्ने कुनै प्रयास नगरेको भन्दै इजरायलले आपत्ति जनाएको छ ।

इजरायलले एन्टोनियो गुटरेसको सहयोगविना पनि आफ्ना नागरिकको रक्षा गर्न र राष्ट्रिय सम्मानको रक्षा गर्न सक्ने जनाएको छ ।

अन्तिम अपडेट: असोज १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया