वर्षाजन्य विपद् : ६ अर्ब रुपैयाँ बराबरकाे बालीनाली नाेक्सानी

 असोज १६, २०८१ बुधबार १८:२२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले असोज ११ गतेपछिको वर्षाजन्य विपद्का कारण ६ अर्ब रुपैयाँ बराबरको बालीनाली नोक्सानी भएको बताउनुभएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजकाे बैठकमा मन्त्री अधिकारीले ६ अर्ब रुपैयाँ बराबरको बालीनाली नोक्सानी भएको र याे तथ्याङ्क प्रारम्भिक भएको बताउनुभयो । उहाँले राहतका लागि दातृ निकायहरूलाई पनि अनुरोध गरिएको बताउनुभयो ।

बैठकमा जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले पीडित किसानहरूलाई राहत दिन ढिलो गर्न नहुने बताउनुभयो । ऐन, कानूनले राहत वितरणमा ढिलाइ हुन्छ भने मन्त्रिपरिषद्मा लगेर फुकाएर भए पनि किसानहरूलाई उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । उहाँले दातृ निकायहरूले आफैँले राहत वितरण नगरी एकमुष्ट रकम दिनुपर्ने र त्यो रकम सरकारले वितरण गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: असोज १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया