बाढी पहिराेमा परी ज्यान गुमाउनेकाे सङ्ख्या २ सय ३१ जना पुग्याे

 असोज १६, २०८१ बुधबार १८:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गएको शुक्रवारपछिकाे वर्षाजन्य विपद्का कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३१ जना पुगेको छ । आज दिउँसोसम्मको विवरणअनुसार २४ जना बेपत्ता रहेका र एक सय ६५ जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विपद्बाट काभ्रेमा मात्रै ६८ जनाले ज्यान गुमाएका छन् । यस्तै ललितपुरमा ४४, धादिङमा ३९, काठमाण्डौमा १७ र सिन्धुपाल्चोकमा १० जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ६६ जनाको ज्यान गएको छ भने बाग्मती प्रदेशमा काठमाण्डौ उपत्यकाबाहेकका १० वटा जिल्लामा एक सय ३५ जनाले ज्यान गुमाएका छन् ।

बाढी पहिरोमा परी एक हजार नौ सय ४६ वटा पशु मरेका वा हराएका छन् । प्रहरीका अनुसार बाढी पहिरोले एक हजार दुई सय ९७ घर र दुई सय ३५ वटा गोठ नष्ट गरेको छ । बाढी–पहिरोले ७९ वटा पुल भत्काएको छ ।

अन्तिम अपडेट: असोज १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया