इजरायल र उसका मित्र देशले इरानकाे आक्रमणकाे उचित जवाफ दिने

 असोज १६, २०८१ बुधबार १८:१७:० | एजेन्सी
unn.prixa.net

तस्वीर : एएफसी

इजरायल र उसका मित्र देशले इरानको आक्रमणको उचित जवाफ दिने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले यो आक्रमणकाे निकै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । उहाँले इरानले आगोसँग खेलिरहेको र यो खेल उसकै लागि घातक हुने चेतावनी दिनुभएको छ ।

गएराति इरानले इजरायलमा २ सय वटा मिसाइल र रकेट आक्रमण गरेको थियो । धेरैजसो मिसाइल र रकेट इजरायलको हवाई प्रतिरक्षा प्रणालीले आकाशमै ध्वस्त बनाइदिएको थियो । केही भने जमिनमै पुगेर विष्फोट भएका थिए । राजधानी तेल अभिभसहितका शहरमा केही क्षति पुगेको छ ।

अमेरिका, बेलायत, फ्रान्स, जापान, अस्ट्रेलियासहितका देशले पनि इरानलाई कडा चेतावनी दिएका छन् । इरानको समर्थन रहेका हमासका नेता इस्माइल हानिया र हिजबुल्लाहका कमान्डर हसन नस्रल्लाहकाे इजरायलले हत्या गरेपछि इरानले आक्रमण गरेको हो ।

यसैबीच इजरायलले लेबनानमा सैन्य अभियानका लागि थप सेना पठाएको छ । हिजोदेखि इजरायलको सेना लेबनानमा प्रवेश गरेर इजबुल्लाहविरुद्ध आक्रमण गरिरहेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी लेबनानमा हिजबुल्लाहका अखडाहरूमा आक्रमण तीव्र बनाउन थप सेना पठाएको बताएको छ । ३६ औं डिभिजन र अन्य समूहबाट थप सेना खटिएको बीबीसीले जनाएको छ ।

हिजबुल्लाहले यसअघि लेबनानमा इजरायली सेनालाई पछि हट्न बाध्य पारेको दाबी गरेको थियो । तर इजरायली सेनाले भने अदाइसेह शहरमा प्रवेश गरिसकेको बताएको छ । इजरायलले लेबनानमा एक हप्तासम्म हवाई आक्रमण गरेर हिजबुल्लाहका केही अखडा ध्वस्त बनाएपछि जमिनबाट समेत आक्रमण थालेको छ ।

अन्तिम अपडेट: असोज १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया