नख्खु बाढीमा हामफालेर दुई जनाको ज्यान बचाउने चनिकलाललाई दैनिकजसो सम्मान

 असोज १७, २०८१ बिहीबार ८:५२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – गएको असोज १२ गते ललितपुरको नख्खु खोलाको बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर निकै चर्चामा आइरहँदा उहाँलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ ।

हिजो ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्‍याे। सम्मान कार्यक्रममा उहाँले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर दुई जनालाई बचाउने काम गरेको बताउनुभयो । खोलामा बग्दै आएको मान्छे देखेपछि आफूले हेरेर बस्न नसकेको उहाँको भनाइ छ ।

उहाँले मानवताको भावनाले ज्यान बचाएको र पछिल्लो समय आफ्नो कामको यति धेरै चर्चा सुनेपछि मात्रै त्यसको महत्त्व थाहा पाएको बताउनुभयो । ललितपुर महानगरले चनिकलाललाई नगद एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरेको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया