अब कुन – कुन सडक खुल्न बाँकी ?

 असोज १७, २०८१ बिहीबार ९:५६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै सडक खुलेका छन् । केही सडक भने अझै खुल्न बाँकी छ । काठमाण्डौ उपत्यकाकालाई देशका विभिन्न ठाउँसँग जोड्ने मुख्य सडक नागढुङ्गा–नारायणगढ सडक दुईतर्फी नै खुलेको छ । तर पूर्वी क्षेत्र जोड्ने बीपी राजमार्ग र काठमाण्डौ–हेटौँडा जोड्ने सडक खुलेको छैन ।

प्रहरीका अनुसार बीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने गाडी चल्न सकेका छैनन् । काभ्रेको रोशी खोलामा आएको बाढीले सडक कटान गरेपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न ठाउँ तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीको पुल र खाडादेवी गाउँपालिका खैरेनी पुल बगाउँदा खुर्कोट–मन्थली तथा सिन्धुली, नेपालथोक–मन्थली चल्ने गाडी चल्न सकेका छैनन् ।

सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले सडक अवरुद्ध छ । यस्तै मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाउँदा गाडी चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया