लेबनान र गाजामा इजरायली सेनाको आक्रमण तीव्र

 असोज १७, २०८१ बिहीबार १३:१०:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

लेबनानको राजधानी बेरुतलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको छ । रातभर इजरायलले गरेको आक्रमणमा अरू आठ जना घाइते भएका छन् ।

योसँगै पछिल्लो २४ घण्टामा लेबनानमा इजरायली आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४६ जना पुगेको छ । ८५ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

हिजबुल्लाह समूह र इजरायली सेनाहरूबीच दक्षिणी लेबनानमा भएको युद्धकाबीच इजरायलका आठ जना सैनिक मारिएपछि तनाव झन् चर्किएको छ ।

यसैबीच इजरायलले गाजामा पनि आक्रमणलाई तीव्र पारेको छ । विद्रोही समूह हमासको अन्त्य नगरेसम्म आक्रमण गरिरहने अडान लिएको इजरायलले पछिल्लो समय गाजामा रहेको आश्रयस्थल र विद्यालयमा छुट्टाछुट्टै गरेको आक्रमणमा २५ जनाभन्दा धेरै नागरिक मारिएका थिए ।

गाजामा गएको अक्टोबर ७ देखि शुरू भएको इजरायली आक्रमणमा अहिलेसम्म ४१ हजार ६ सय ८९ जनाको ज्यान गएको छ भने ९५ हजार ६ सय २५ जना घाइते भएका छन् ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया