नासाले आउँदो जनवरीमा अर्को एउटा छुद्र ग्रहको अनुगमन गर्ने

 असोज १७, २०८१ बिहीबार १५:११:१४ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आउँदो जनवरीमा अर्को एउटा छुद्र ग्रहको अनुगमन गर्ने भएको छ । सन् २०२५ अर्थात् आउँदो जनवरीमा पृथ्वी नजिकै भएर यात्रा गर्नेे पीटी–५ नामक छुद्र ग्रहको अनुगमन अर्थात् 'ट्र्याक' गर्न लागिएको नासाका वैज्ञानिकलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

नासाले आफ्नो गोल्डस्टोन सौर्यमण्डलको राडार प्रयोग गरेर क्षुद्र ग्रहलाई नजिकबाट ट्र्याक गर्ने योजना बनाएको छ । यो छुद्र ग्रह पृथ्वीका लागि खतरा भने होइन । पृथ्वी र चन्द्रमाको दूरीभन्दा पाँच गुणा टाढाबाट यसले यात्रा गर्ने खबरमा उल्लेख छ ।

पीटी–५ छुद्र ग्रह लगभग १० मिटर चौडाइको रहेको अनुमान छ । गएको अगस्टमा पहिलो पटक वैज्ञानिकले पीटी–५ पत्ता लगाएका थिए । नासाका वैज्ञानिकहरूले यो वस्तु धेरै पहिले अर्को एउटा छुद्र ग्रह चन्द्रमाको सतहमा ठोक्किएपछि त्यहाँबाट निस्केको चट्टानको टुक्रा हुन सक्ने आशङ्का गरेका छन् ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया