मेक्सिकाेका सैनिकले गोली हान्दा नेपालीसहित ६ जना आप्रवासीको ज्यान गयो

 असोज १७, २०८१ बिहीबार १४:२६:४८ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

नेपाल, भारत र पाकिस्तानका आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सैनिकले गोली हान्दा ६ जनाको ज्यान गएको छ । ग्वाटेमाला सीमा नजिकै गोली प्रहारबाट ६ जना आप्रवासीको ज्यान गएको मेक्सिकन रक्षा विभागलाई उद्धृत गर्दै ‘हिन्दुस्तान टाइम्स’ ले जनाएको छ ।

दुई जना सिपाहीले ट्रकमा गोली हान्दा चार जना आप्रवासीको घटनास्थलमै ज्यान गएको र अन्य १२ जना घाइते भएका खबरमा उल्लेख छ । घाइतेमध्ये पछि थप दुई जनाको ज्यान गएको र १० जनाको अवस्था थाहा नभएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

यो घटनामा ज्यान गुमाउनेहरूको बारेमा विवरण प्राप्त भइसकेको छैन । ट्रकमा ३३ जना आप्रवासी रहेकामा १७ जना भने सकुशल रहेका खबरमा उल्लेख छ । गोली हान्ने दुई जना सिपाहीलाई जिम्मेवारीबाट हटाइएको र अनुसन्धान भइरहेको विभागको भनाइ छ ।

यो क्षेत्र एक तस्करी मार्ग हो । मेक्सिकन सेनाले यस क्षेत्रमा आप्रवासी बोक्ने गाडीमा गोली हानेको यो पहिलो घटना होइन । सन् २०२१ मा अर्धसैन्य राष्ट्रिय गार्डले यही क्षेत्रमा आप्रवासी बोकेको ट्रमा गोली हान्दा एक जनाको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया