इरानमाथि इजरायली आक्रमणकाे डरले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ महँगियाे

 असोज १८, २०८१ शुक्रबार ९:१३:३४ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

इजरायल र इरानकाे तनावका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पाँच प्रतिशतले बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल उद्योगमा इजरायलको सम्भावित आक्रमणबारे अमेरिकाले छलफल गरिरहेको बताएपछि तेलको भाउ बढेको बीबीसीले जनाएको छ ।

इरानको तेल केन्द्रमा आक्रमण गर्न इजरायललाई समर्थन गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा बाइडेनले आफूहरूले त्यसमा छलफल गरिरहेको बताउनुभएको खबरमा उल्लेख छ ।

इरान विश्वको सातौं ठूलो तेल उत्पादक देश हो जसले आफ्नो उत्पादनको आधा विदेश निर्यात गर्छ र धेरै चीनतर्फ जाने गरेको छ ।

इरानले सोमवार इजरायलमा मिसाइल आक्रमण गरेपछि कच्चा तेलको भाउ १० प्रतिशतले बढेर प्रति ब्यारेल ७७ अमेरिकी डलर पुगेको छ । यद्यपि यो भाउ यस वर्षको शुरूमा देखिएको स्तरभन्दा तल रहेको खबरमा उल्लेख छ ।

यस वर्ष अहिलेसम्म चीनबाट कम माग रसाउदी अरबबाट पर्याप्त आपूर्तिले तेलको भाउलाई नियन्त्रण गर्न काम गरेको छ । रुस–युक्रेन युद्ध शुरू भएपछि विश्व एलएनजी ट्याङ्कहरूमा पठाइएका फ्रोजन ग्यासमा बढी निर्भर रहेको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया