हिजबुल्लाहका नेताहरूलाई निशाना बनाउँदै बेरुतमा इजरायलको आक्रमण शुरू

 असोज १८, २०८१ शुक्रबार १२:११:३० | एजेन्सी
unn.prixa.net

तस्वीर : सिन्ह्वा

इजरायलले लेबनानको राजधानी बेरुतमा फेरि ठूलो आक्रमण शुरू गरेको छ । हिजबुल्लाहका नेताहरूलाई निशाना बनाउँदै इजरायलले आक्रमण शुरू गरेको बीबीसीले जनाएको छ ।

गएराति बेरुतमा निकै ठूला विस्फोट भएका थिए । ती विस्फोट हिजबुल्लाहको बलियो पकड रहेको दक्षिणी क्षेत्रमा भएका खबरमा उल्लेख छ । बेरुतको स्थानीय सञ्चारमाध्यमअनुसार त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै पनि विस्फोट भएको थियो ।

इजरायली आक्रमण्को मुख्य निशानामा हिजबुल्लाहका सम्भावित नयाँ नेता ठानिएका हासिम साफी अल–दिन रहेका खबरमा उल्लेख छ । यद्दपि उनको अवस्थाबारे थाहा भएको छैन ।

यसअघि इजरायली सेनाले मानिसहरूलाई यस क्षेत्रका दुई वटा भवनबाट बाहिर निस्कन आग्रह गरेको थियो । यसैबीच लेबनानी सेनाले दक्षिणी लेबनानमा आफ्ना दुई सैनिक मारिएका जनाएको छ । इजरायलले यस क्षेत्रमा हिजबुल्लाहविरुद्ध भूमिगत कारबाही गरिरहेको छ । इजरायली सेनाले दक्षिणी लेबनानका धेरै गाउँहरू खाली गर्न सर्वसाधारणलाई आदेश दिएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले पछिल्ला तीन दिनमा इजरायलको आक्रमणबाट ४० जना स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकहरू मारिएका बताएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया