भारत र अमेरिकाले महत्त्वपूर्ण खनिज क्षेत्रमा सहकार्य गर्ने

 असोज १८, २०८१ शुक्रबार १५:५:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

 भारत र अमेरिकाले स्वच्छ ऊर्जा प्रविधिका लागि महत्त्वपूर्ण खनिज क्षेत्रको आपूर्ति श्रृङ्खलामा सँगसँगै काम गर्ने भएका छन् ।

अमेरिकी वाणिज्यमन्त्री जिना रायमन्डो र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले महत्त्वपूर्ण खनिजको आपूर्ति लाइनलाई ‘विस्तार र विविधीकरण’ गर्न सम्झौतामा हस्ताक्षर गर्नुभएको अमेरिकी वाणिज्य मन्त्रालयले जनाएको छ ।

अमेरिकाको वासिङ्टनमा भएको भेटमा उहाँहरुबीच समझदारी भएको र समझदारी पत्रको उद्देश्य महत्त्वपूर्ण खनिज क्षेत्रमा सहकार्य बढाउनु रहेको उल्लेख छ । दुवै पक्ष अमेरिका र भारतले दुई देशको महत्त्वपूर्ण खनिजको खोज, प्रशोधन र शुद्धीकरण, पुनःचक्रण र पुनःप्राप्ति’ को व्यावसायिक विकासलाई सहज बनाउने तरिकाहरू पहिचान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

अमेरिका र भारतले सेमीकन्डक्टरहरूको क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाएका समाचार संस्था एएफपीले जनाएको छ । चीनको प्रभुत्वको सामना गर्दै आपूर्ति श्रृङ्खलालाई सुदृढ गर्न गएको वर्ष अमेरिका र जापानले महत्त्वपूर्ण खनिजहरूको व्यापारमा सम्झौता गरेका थिए ।

अमेरिका–जापान सम्झौतामा द्विपक्षीय रूपमा ढुवानी गरिएका महत्त्वपूर्ण खनिजहरूमा निर्यात शुल्क नलगाउने प्रतिबद्धताहरू समावेश थिए ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया