नारायणघाटदेखि काठमाण्डौसम्म ठूला गाडी सञ्चालनमा रोक

 असोज १८, २०८१ शुक्रबार १५:१६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवनको नारायणघाटदेखि काठमाण्डौसम्म ट्रेलरसहितका ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो ।

यात्रुवाहक गाडीलाई प्राथमिकता दिनेगरी ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिनुभयो । यसमा औषधि र तरकारी बोकेकाबाहेक अन्य ठूला गाडी आउँदो कार्तिक १ गतेसम्म बन्द रहने उहाँको भनाइ छ ।

आयातित मालवाहक गाडीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक गाडीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालय खुलेको अवस्थामा नरोक्ने निर्णय भएको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया