नासाको ‘साइकी मिशन’ ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठायो

 असोज १९, २०८१ शनिबार ६:४९:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी अन्तरीक्ष संस्था नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ । अहिलेका लागि मिसनले सङ्केत पठाउनु महत्त्वपूर्ण कोसेढुङ्गा भएको नासाले जनाएको छ ।

गएको वर्ष अक्टोबरमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको साइकी अन्तरिक्ष यान, मङ्गल र बृहस्पतिबीचको मुख्य क्षुद्रग्रह बेल्टको टाढाको भागमा रहेको धातुयोग्य क्षुद्रग्रहको अध्ययन गर्ने पहिलो अमेरिकी मिसन हो ।

प्रक्षेपण भएको झण्डै एक वर्षपछि, नासाको डीप स्पेस अप्टिकल कम्युनिकेसन प्रयोगले पृथ्वीबाट साइकी स्पेसक्राफ्टमा लगभग ४ सय ६० मिलियन किलोमिटर टाढा लेजर सिग्नल पठाएको नासाले जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

नासाका अनुसार यो उपलब्धि मानवका लागि भविष्यमा लेजरकोमाध्यमबाट मङ्गल ग्रह र त्यहाँबाट पृथ्वीमा सञ्चार गर्न सकिन्छ भन्ने प्रमाण हो ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया