आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

 असोज १९, २०८१ शनिबार ९:२२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय मानवअधिकार आयोगले आम उपभोक्ताको अधिकारप्रति संवेदनशील भई सार्वजनिक यातायातलाई सर्वसुलभ बनाउन तीन तहको सरकारलाई आग्रह गरेको छ ।

आयोगले विज्ञप्ति निकालेर हवाई यातायातलाई सबैको पहुँचयुक्त बनाउन, आम उपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरेको हो ।

आयोगले  बाढीपहिरोका कारण उत्पन्न परिस्थिति तथा चाडपर्वको बेला यातायातका साधनले तोकिएको मूल्यभन्दा बढी भाडा लिएको, दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि भएको तथा हवाई यातायातको भाडामा नागरिकको पहुँच पुग्न नसकेको जनाएको छ ।

आयोगले बाढीपहिरो र डुबानबाट ठूलो जनधनको क्षति बेहार्नुपरेको यस सङ्कटको अवस्थामा व्यावसायिक उत्तरदायित्व बहन गर्दै राज्यलाई सहयोग गर्नु तथा नागरिकको पीडामा मलम लगाउनु व्यावसायिक क्षेत्रको पनि दायित्व रहने उल्लेख गरेको छ । 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया