वर्षा भएसँगै डेङ्गीको सङ्क्रमण बढ्यो, देशभर १४ हजारभन्दा धेरै बिरामी

 असोज १९, २०८१ शनिबार ९:३४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशभर डेङ्गीबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा धेरै पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । केही दिनअघि पानी परेका कारणले डेङ्गी सङ्क्रमण बढाएको उहाँले बताउनुभयो ।

अहिलेसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा सङ्क्रमण देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २०,  कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेशमा दुई सय ८६, बाग्मतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

यस्तै काठमाण्डौ उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

डेङ्गीबाट बच्न सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपछी व्यवस्थित ढङ्गले पाल्न, घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन विज्ञहरुले आग्रह गर्दै आएका छन् । 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया