पहिलो चरणको चिकित्सा सहायता सामग्री बोकेर राष्ट्र सङ्घको विमान लेबनान पुग्यो

 असोज १९, २०८१ शनिबार ९:४३:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान लेबनान पुगेको छ । इजरायल र हिजबुल्लाहबीचको बढ्दो तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता रहेको संयुक्त राष्ट्र सङ्घ र लेबनानले जनाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक हनान बाल्खीले सामाजिक सञ्जालमा दशौँ हजार मानिसको उपचार गर्न पर्याप्त ३० मेट्रिक चिकित्सा सहायता सामग्री लिएर एउटा विमान बेरुत अवतरण गरेको र थप सहायता सामग्री आउनेक्रममा रहेको जानकारी दिनुभएको छ ।

सेप्टेम्बर २३ तारिखदेखि हिजबुल्लाह लडाकुलाई लक्षित गरी भएको इजरायली आक्रमणबाट लेबनानमा एक हजार एक सय भन्दा धेरै मानिस मारिएका छन् भने सयौँ घाइते छन् । बेरुत पुगेको सहायता सामग्री घाइते भएकाहरुको उपचारका लागि महत्त्वपूर्ण हुने अधिकारीहरुलाई उद्धृत गरी एएफपीले उल्लेख गरेको छ ।
 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया