अभ्यास खेलमा नेपाल क्यानडाको दोस्रो रोजाइको टोलीसँग पनि पराजित

 असोज १९, २०८१ शनिबार १०:९:३५ | एजेन्सी
unn.prixa.net

अभ्यास खेलमा नेपाल क्यानडाको दोस्रो रोजाइको टोलीसँग पनि पराजित भएको छ । क्यानडा भएको त्रिदेशीय टी–२० श्रृङ्खलापछि गएराति भएको एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडाको हाईप्रफमेन्ससँग तीन विकेटले पराजित भएको हो ।

नेपालले दिएको एक सय ४४ रनको लक्ष्य क्यानडाको हाइप्रफमेन्स टोलीले ३६ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । अनिलकुमार शाहले ४ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३९ ओभर ४ बलमा एक सय ४३ रनमा समेटियो ।

अनिल शाहले ३४, अर्जुन साउदले ३३, कुशल भुर्तेलले २५ तथा आरिफ शेखले २३ रन बनाए । क्यानडा हाईप्रफमेन्सका शाहिदले ५ विकेट लिए । विश्वकप क्रिकेट लिग–२ का लागि अमेरिका प्रस्थान गर्नुअघि नेपालले क्यानडामा अभ्यास खेल खेलेको हो ।

त्यसअघि क्यानडामा नै लिग–२ अन्तर्गत नेपाल, क्यानडा र ओमानबीच खेल भएकोमा क्यानडासँगको दुई खेल तथा ओमानसँगको एक खेल हारेकोमा अर्को खेल वर्षाले रद्द भएको थियो । नेपालले पहिलो श्रृङ्खला कीर्तिपुरमा खेलेको थियो । अहिलेसम्म ८ खेल खेलेकोमा एउटा खेलमा नेदरल्यान्ड्सलाई हराउनुबाहेक अरु ६ खेलमा नेपाल पराजित भएको छ । 
 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया