हैटीमा गोली हानाहान हुँदा ७० जनाको ज्यान गयो

 असोज १९, २०८१ शनिबार १३:१८:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – हैटीमा भएको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा गिरोहबाट भएको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र केही घर तथा गाडीमा आगलागी भएको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्र सङ्घ मानव अधिकार विभागका प्रवक्ता थामिन अल–खितानले यो घटनाले थप त्रास बढाएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली प्रायः ध्वस्त अवस्थामा छ । त्यहाँ गिरोह र सुरक्षाकर्मीबीच झडपका घटना हुँदै आएका छन् ।

हालै संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हैटीमा यस वर्षको हिंसामा तीन हजार ६०० भन्दा धेरै मानिस मारिएका जनाएको थियो ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया