अमेरिकामा अर्को महिना हुने चुनाव शान्तिपूर्ण हुनेमा शङ्का छ : बाइडेन

 असोज १९, २०८१ शनिबार १५:१४:३९ | एजेन्सी
unn.prixa.net

तस्वीर : बाइडेनकाे 'एक्स' बाट

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना हुने अमेरिकी राष्ट्रपति चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताउनुभएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति बाइडेनले चुनाव निष्पक्ष र स्वतन्त्र हुने कुरामा आफु विश्वस्त भए पनि शान्तिपूर्ण हुने कुरामा आफूलाई शङ्का रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उद्धृत गर्दै बाइडेनले यस्तो टिप्पणी गर्नुभएको हो । ट्रम्पले सन् २०२० मा बाइडेनसँगको हारपछि चुनावमा घोटाला भएको आरोप लगाएपछि उहाँका समर्थकहरूले राजधानीमा तोडफोड गरेका थिए ।

रिपब्लिकनको पराजयपछि उहाँका सयौं समर्थकले द्वन्द्व फैलाएपछि ट्रम्पलाई सन् २०२१ मा विद्रोह उक्साएकोमा महाअभियोग लगाइएको थियो ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया