मकवानपुरको साततलेमा गाडी दुर्घटना हुँदा चालकसहित ३ जना घाइते

 असोज १९, २०८१ शनिबार १५:१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – मकवानपुरको बाग्मती गाउँपालिका–८ मा रहेको साततलेमा गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।

काठमाण्डाैबाट धरानका लागि छुटेको प्रदेश १–०२०–००१ ज ४३२८ नम्बरको विद्युतीय गाडी हेटौँडा–चतरा–धरान सडक खण्डको साततलेमा पल्टिँदा चालकसहित तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेहरूको हेटौँडा उपमहागनरपालिका–११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । गाडीमा १२ जना थिए ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया