१ सय ६४ दिनसम्म वर्षा नभएपछि ब्राजिलको राजधानी ब्रासिलियामा सुक्खापनको नयाँ रेकर्ड

 असोज १९, २०८१ शनिबार १८:३१:१७ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

ब्राजिलको राजधानी ब्रासिलियामा सुक्खापनले रेकर्ड बनाएको छ । ब्रासिलियामा पछिल्लो १ सय ६४ दिन एक थोपा पनि वर्षा नभएपछि सबैभन्दा लामो सुक्खा मौसमको नयाँ रेकर्ड बनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अहिले १ सय ६४ दिनसम्म पानी नपरेको र अझै केही दिन पानी पर्ने सम्भावना नरहेको खबरमा उल्लेख छ । लामो समयसम्म चलेको खडेरीले देशका विभिन्न क्षेत्रका जङ्गलमा ठूलो आगो लागिरहेको छ । हजारौं हेक्टर घाँसेमैदान जल्दा जीवतन्तु समस्यामा परेका छन् ।

ब्राजिलियाको स्थापनाको तीन वर्षपछि सन् १९६३ मा लगातार १ सय ६३ दिन वर्षा नभएको रेकर्ड बनेको थियो । ब्राजिलको मध्य क्षेत्रमा रहेको ब्रासिलिया शहर अहिले अत्यधिक गर्मी र कम आर्द्रताको दोहोरो खतरासँग जुधिरहेको छ । १५ प्रतिशतको अति कम आर्द्रता र ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमका कारण विभिन्न चेतावनी जारी भएको छ ।

राष्ट्रिय अन्तरिक्ष अनुसन्धान संस्थान (आईएनपीई) को एक रिपोर्टले अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्राजिलियामा जङ्गलमा लागेको आगोमा २ सय ६९ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया