अस्थायी आवासका लागि प्रभावितको नाम तत्काल पठाउन पालिकालाई गृहमन्त्रीकाे अनुरोध

‘पालिकाले जति चाँडो लाभग्राहीको नाम पठाउँछन्, त्यति नै चाँडो पीडितले राहत पाउँछन्’

 असोज १९, २०८१ शनिबार १८:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले वर्षाजन्य विपद् प्रभावितहरूको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन पालिकाहरूलाई अनुरोध गर्नुभएको छ ।

मन्त्रालयमा आज भएकाे एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले पालिकाले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताउनुभयो । पालिकाले जति चाँडो लाभग्राही पहिचान गरेर सङ्घ सरकारलाई नाम पठाउँछन्, त्यति नै चाँडो पीडितले राहत पाउने उहाँले बताउनुभयो ।

गृहमन्त्री लेखकले अविरल वर्षापछि देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएपछि सरकार गम्भीर भएर काममा लागेको दाबी गर्नुभयाे । उहाँले विपद्बाट ज्यान गुमाएका मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरूमा पैसा पठाइसकेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया