टी–२० महिला विश्वकपमा अष्ट्रेलिया र इङ्गल्याण्डको विजयी सुरुवात

 असोज २०, २०८१ आइतबार ६:५७:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । गएराति भएको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको हो । ९४ रनको लक्ष्य अस्ट्रेलियाले १४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे ।

अस्ट्रेलियाकी ओपनर बेथ मुन्नीले सर्वाधिक ४३ रन बनाइन् । त्यस अघि शारजहामा टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनायोे । श्रीलङ्काकी निलशिखा शर्माले सर्वाधिक २९ रन बनाइन् । अस्ट्रेलियाकी मेगना स्कुटले ३ विकेट लिइन् ।

जीतसँगै अस्ट्रेलिया समूह ‘ए’को दोस्रो स्थानमा छ । लगातार दुई हारसहित श्रीलङ्का अङ्क विहीन रहेको छ । श्रीलङ्का पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

यस्तै हिजो नै भएको दोस्रो खेलमा इङ्गल्याण्डले बङ्गलादेशलाई २१ रनले पराजित गरेको छ । इङ्गल्याण्डले आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको हो । एक सय १९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनायो । बङ्गलादेशकी सोभाना मस्टोरीले ४४ रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । इङ्ग्ल्यान्डकी डन्नी व्याटहोजले सर्वाधिक ४० रन बनाइन् । जीतबाट सुरुवात गरेको इङ्ग्ल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

समूह ‘ए’मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । 

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया