प्रिमियर लिगमा लिभरपुल, सिटी र आर्सनल विजयी

 असोज २०, २०८१ आइतबार ७:१०:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इङ्ग्लिस प्रिमियर लिग फुटबल गएराति भएका खेलमा लिभरपुल, म्यानचेस्टर सिटी र आर्सनल विजयी भएका छन् । लिभरपुलले क्रिस्टल प्यालेसलाई १–० गोलले हरायो । उसका डियागो जोटाले खेलको नवौँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

लिभरपुल ७ खेलमा १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । अर्को खेलमा सिटीले फुलहमलाई ३–२ गोलले पराजित गरेको छ । सिटीका मातेओ कोभासिचले २ र जेरेमी डोकुले १ गोल गरे । जीतसँगै सिटी ७ खेलमा १७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यस्तै गएराति नै भएको खेलमा आर्सनलले साउथह्यामटनलाई ३–१ गोलले पराजित गरेको छ । तेस्रो स्थानमा रहेको आर्सनलको समान ७ खेलमा १७ अङ्क छ ।

अरु खेलमा ब्रेन्टफोर्डले वुल्भ्सलाई ५–३ गोलले, वेस्टह्यामले ईपस्विच टाउनलाई ४–१ गोलले, लेस्टरसिटीले बर्नमाउथलाई १–० गोलले हराउँदा एभर्टन र न्यूक्यासलले गोलरहित बराबरी खेलेका छन् ।
 

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया