दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक ल...
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुर – निर्मलाको घटनाको ४ महिना बितिसक्दा पनि अपराधी पत्ता नलागेकाले सरकारमा बसेका नै अपराधी हुनसक्ने डा. गोविन्द केसीले बताउनुभएको छ ।
मंगलबार कञ्चनपुर पुगेर धर्नामा ऐक्यबद्धता जनाउँदै डा. केसीले घटनाको ४ महिनासम्म अपराधी पत्ता नलाग्नुमा सरकार नै दोषी भएको बताउनुभएको हो ।
उहाँले सरकार कानमा तेल हालेर सुतेको बताउँदै १३ वर्षीया बालिकाको निर्मम तरिकाले हत्या हुँदा पनि सरकारले अपराधी पत्ता नलगाएको बताउँदै त्यसमा सरकारको हात हुन सक्ने बताउनुभएको छ ।
‘एउटी १३ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको छ’, डा. केसीले भन्नुभयो ‘तर सरकार मुकदर्शक छ ।’
निर्मलाको घटनामा अपराधीलाई जोगाउनकै लागि सरकार मुकदर्शक बनेको उहाँको आरोप छ ।
घटनाका दोषीलाई पत्ता लगाएर प्रमाण मेट्नेलाई जेल हाल्नु पर्नेमा सरकारले उनीहरुकै संरक्षण गरेको केसीले दावी गर्नुभयो ।
‘यतिका दिनसम्म सरकाले अपराधी पत्ता लगाउनुपर्ने होइन ?’, उल्टै प्रश्न गर्दै उहाँले भन्नुभयो ‘प्रमाण मेट्नेहरु पनि यतिबेला जेलमा हुनु पर्ने हो । तर किन तिनीहरुलाई कारबाही भएन ?’
निर्मलाको न्यायका लागि सिंगो देशबासी लागेको बताउदै जनताले न्याय पाएरै छोड्ने उहाँले बताउनुभयो । केसीले निर्मलाको न्यायका लागि आफूले पनि पहल गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।