क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो अभ्यास खेलमा नेपालको जीत

 असोज २०, २०८१ आइतबार ९:५४:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ । नेपालले गएराति भएको खेलमा हाइप्रोफमेन्सलाई २० रनले हराएको हो । एक सय ७७ रनको लक्ष्य पछ्याएको हाइप्रोफमेन्स ४५ ओभर ३ बलमा एक सय ५६ रनमा अलआउट भयो ।

नेपालका गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४६ ओभर १ बलमा एक सय ७६ रनमा अलआउट भएको थियो । सोमपाल कामीले सर्वाधिक ३१, दीपेन्द्रसिंह ऐरीले २७ तथा अनिल कुमार साहले २५ रन जोडे ।

यो जीतसँगै तीन खेलको अभ्यास खेल एक/एकको बराबरी भएको छ । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल पर्सि मङगलवार हुनेछ ।
 

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया