इजरायली आक्रमणबाट लेबनानमा विस्थापितको सङ्ख्या झन्डै १२ लाख पुग्यो

 असोज २०, २०८१ आइतबार १३:०:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको सङ्ख्या झन्डै १२ लाख पुगेको छ । लेबनानी मन्त्रिपरिषद्को विपद् जोखिम व्यवस्थापन इकाइले सार्वजनिक गरेको प्रतिवेदनमा विस्थापितको सङ्ख्या १२ लाख जना आसपास पुगेकाे उल्लेख छ ।

अहिलेसम्म लेबनानभर विस्थापित व्यक्तिहरूलाई आश्रय दिन आठ सय ६७ वटा केन्द्र खोलिएको छ । कोही भागेर अन्य देशमा गए पनि कतिपयले सबैभन्दा लक्षित क्षेत्र छोड्न अस्वीकार गरेका छन् ।

यसैबीच प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्नो नेटवर्कका प्रमुख कमाण्डर जाही यासेर अब्द अल–राजेक ओफीको ज्यान गएको पुष्टि गरेको छ । उत्तरी वेस्ट बैंकमा रहेको तुलकर्म शरणार्थी शिविरलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको ज्यान गएको थियो । त्यही क्रममा कमाण्डर ओफीको पनि ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया