जापानमा सन् २०५० सम्म तीनपुस्ते आफन्त नभएका वृद्धवृद्धाको सङ्ख्या ४४ लाख जनाभन्दा धेरै पुग्ने

 असोज २०, २०८१ आइतबार १५:१६:३८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

जापानमा अबको केही वर्षमा वृद्ध जनसङ्ख्या १० प्रतिशतले बढ्ने पूर्वानुमान सार्वजनिक भएको छ । पछिल्लो समय भएको एक सर्वेक्षणले जापानमा ६५ वर्ष वा बढी उमेरका मानिसहरूको सङ्ख्या डेढ गुणा बढ्ने र सन् २०५० मा कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा धेरै वृद्ध जनसङ्ख्या नै हुने देखाएको छ ।

जापान अनुसन्धान संस्थानले गरेको सर्वेक्षणमा अबको २५ वर्षपछि जापानामा तेस्रो पुस्तासम्मका नातेदार अर्थात् छोराछोरी, भतिजा, नाति र पनाति पुस्ता नै नभएको जनसङ्ख्या ४४ लाख ५० हजार जना पुग्ने उल्लेख छ । यसले जापानको विकास निर्माणलगायत समग्र राज्य सञ्चालनमा नै असर पुग्ने देखिएको छ ।

जापानको क्योदो समाचारका अनुसार अहिले जापानमा विवाह गर्ने र सन्तान जन्माउनेहरू निकै कम रहेकाले एकल वृद्धवृद्धाको सङ्ख्या बढिरहेको छ । उनीहरूको हेरचाहमा निकै अफ्ठ्यारो पर्ने खबरमा उल्लेख छ ।

तीन पुस्तासम्मका आफन्त नै नभएपछि अस्पताल र हेरचाह गृहहरूमा कसले उनीहरूको जिम्मा लिने र मृत शरीरको दाबी गर्ने विषयमा समस्या हुने देखिएको छ । जापानको नागरिक संहिताले वृद्ध परिवारका सदस्यहरूलाई सहयोग गर्ने जिम्मेवारी तेस्रो पुस्ताभित्रका आफन्तहरूलाई दिएको छ ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया